Sunday, May 22, 2011
Wednesday, May 18, 2011
मेरो प्यारो रुम्जाटार आइ लभ दिस प्लेस आइ किस यू आइ मिस यू
आदरणीय महानुभावहरु ,
नमस्कार |यो दुखी (पुर्बेली कान्छो)को
मातृभूमी नेपालमा सुशाशन, सुव्यवस्था, अमनचयन तथा स्थायी शान्ति-सुरक्षा कायम होस् | संपूर्ण नेपालीमा मैत्री भावना र एकता फैलियोस । नयाँ वर्ष २०६८ को सुखद उपलक्ष्यमा सबैलाई सुस्वास्थ्य, दिर्घायु, सुख-शान्ति, सम्बृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना |
धन्यवाद |
Monday, May 9, 2011
नखोज्नु है मलाई
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
मलाई यो जिन्दगिले चोट दियो गनि गनि
उज्यालो आफ्नो नहुनेको... दुनियाँ बदलिँदैन ....!
... आगो बोलिरहेछ .......
बलिरहेको आगोमा बरु पेट्रोल थप्न आउ .....!!
हरेक पलपलमा आगोका ज्वालाहरु पिइरहन्छु ...!!
बिलिन हुन चाहन्छु चिर निन्द्रामा सधैं सधैंको लागि...!!!
म अपमानित जिन्दगीको हिसाब चाहन्छु... ....!
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु .......!!
Sunday, May 8, 2011
उदायो अब बिहानी नयाँ, निर्दयी रात फाली।
स्वागत गरयौ ह्रदय देखि, मन्को दियो बालि।।
देश लूटने जतिलाइ अब, किनारा लाउदै छरे।
मेटाउदै यावत संकटहरु, शान्ति आउदै छरे।
आशाको राँको बाली मनमा, उज्यालो र्छर्दै छरे।
नयाँ खाका कोरी सूख, समृद्धिको कोख भर्दै छरे।
उदायो आज बिहानी नयाँ, निरंकुस रात फाली।
स्वागत गरयौ ह्रदय देखि नै, मन्को दियो बालि।।
अमर सपनाहरुको बिउ, माटोमा रोपदै छरे।
इतिहाँसको जिवित पाना, धर्तीमा खोप्दै छरे।।
आमाको आँशु पुछेर अब, मलम लाउदै छरे।
स्वतन्त्रताको गित गाउने, समय आउदै छरे।।
उदायो आज बिहानि नयाँ, अराजकत्ता फाली।
स्वागत गरयौ ह्रदय देखि नै, मन्को दियो बालि।
ग्राहक:-यदि मैले यो चिठ्ठी आज पोष्ट गरे भने पर्सी र पोखरा पुग्छ नि हैन? पोष्ट मास्टर:- जरुर, किन नपुग्नु। ग्राहक:-म बाजी राखछु यो पुग्दैन। पोष्ट मास्टर:- किन पुग्दैन? ग्राहक:- किनकि यसको ठेगाना काठमाण्डौको छ। ;-))
दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा । पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् र दोश्रोः छन् अलि अलि । पहिलोः भन् न भन् । दोश्रोः ल...तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा । पहिलोः त्यसो भए...पाचबटा हुन पर्छ । ;-))
: (एउटा केटी सँग) डार्लीङ्ग मेरो मुटुमा आएर बसन । केटी : (रिसाउदै) चप्पल फुकालौ ? केटा : मेरो मन मन्दिर होइन, नफुकाली आए हुन्छ । :)
एउटा बच्चाले गुलेलि हानेर अर्काको घरको शिशा फुटालेछ, घरको मालिक बच्चाको घरमा आएर उसको परिवारसँग निउ खोजेछ । बच्चाको परिवारले भनेछन ए हजुर यो त पागल छ । त्यसो भए आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन त ? होईन हजुर त्यत्ति नै पागल त छैन ।
ग्राहक – साउजी यो टोपीको मुल्य कति हो ? साउजी – नब्बे रुपीयाँ । - ग्राहक – एउटा जाबो टोपीलाई पनि नब्बे रुपीयाँ यतीले त जुत्ता नै आउँछ । साउजी – हुन त हो भाई तर जुत्ता टाउकोमा लगाउन मिल्दैन नि । :)
उपहार� कन्जुस श्रीमानले श्रीमतीको ३२ औ जन्मदिनको उपलक्ष्यमा मोतीको हार श्रीमतीको अगाडि राखेर श्रीमतीजी तिमिलाई मैले मोतीको हार ल्यादिएको छु यि हेर त । श्रीमती ठुस्स हुँदै : मैले त कार पो भनेको थिएँ, कहाँ हार ल्याएको ? श्रीमान : हो कार भनेकी थियौ तर म के गरुँ बजारमा कहीँ पनि नक्कली कार भेटिएन त्यसैले यो नक्कली हार ल्याइदिएको । :)
सासु : तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ? बुहारी : तिम्रा बत्तीस् वटा दातका के काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ?
थाहा पाउनु भयो...श्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ । मुन्द्रे : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन । :)
ओटा झिङ्गा... मुन्द्रेले भनेछ, साथिहो मैले हिजो ५ ओटा झिङ्गा मारें । ३ ओटा पोथि र २ ओटा भाले । होइन तँलाई कसरि थाहा भयो कति भाले र कति पोथि मरे भनेर ? त्यत्ति पनि थाहा हुदैन कि के हो त मलाई , ३ ओटा ऐनामा बसेका थिए २ ओटा चुरोटको बट्टामा ।
आइमाइको आठ बच्चा... एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटड मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि त .... :)
फेन्टास्टिक.... एकजना गाउँको मान्छे होटलमा गएछ त्यहाँ अर्को व्यक्ति फेन्टा पिउँदै रहेछ अनि त्यो मान्छेले पनि कोक पिउँदै फेन्टा पिउने मान्छेलाई सोधेछ, कस्तो छ ?जवाफमा फेन्टास्टिक । अनि कोक पिउनेले भनेछ, ए यो पनि कोकाकोलास्टिक रहेछ । :
पाईलट बन्न चाहन्छु..बाबुले छोराको रिजल्ट हेरेपछि तँ जस्तो छोरात धर्तिको लागि बोझ होस । छोराले बाबुलाई भनेछ त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि ड्याड । :)
एउटा मात्रै नराम्रो बानी........ स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि । सर : राम तिमि चुरोट खान्छौ हो ? राम : होईन सर । सर : तास खेल्छौ ? राम : खेल्दिन सर । सर : मदिरापान गर्छौ ? राम : गर्दिन सर । सर : तिम्रो त सबै बानि राम्रो रहेछ त । राम : मेरो सबे बानि रम्रो छ । तर एउटा चाहि बानि नराम...
चोरलाई गएर भन्दे.... छोरा, बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे। बुवा, (निन्द्रैमा) किन ? छोरा, चोर आयो रे । बुवा, ह्या त्यो चोरलाई गएर भन्दे, बुवालाई आज निन्द्रा लागेको छ रे भोलि आउनुरे । :)
गएको ?..... वकिल: तिमि दोस्रोपटक पनि किन त्यहि पसलमा चोर्न गएको ? चोर: किन कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले देखेको थिए काठमा लेखेको थियो। धन्यवाद फेरि आउनु होला।
तिम्रो स्वास्नी मेरो पनि..... एकदिन कुइरे र नेपालीले मित लगाएछन। नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है। कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी । :)
इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे । शिक्षस � भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ? ���विद्यार्थी � नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।
मुन्द्रे र मुन्द्रेको बाउ जाँच... मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर मामाले सोधेछनमामा:किन झगडा गरेको? मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥ मामा :अनि तिमिलाई के को टेन्सन त? मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥
प्रेमीलाई प्रेमीकाले फोन..... एउटा प्रेमीलाई प्रेमीकाले फोन गरेर भनि:- मेरो घरमा कोही पनि छैन तिमि आऊ।प्रेमी खुसी हुदैँ प्रेमीकाको घर पुग्यो।तर साचिक्कै घरमा कोही पनि थिएन।
झोल त यति मिठो, झन.. कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्। पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न। दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १�१ गिलास दिनुस् त्(पसलेले चिया दिन्छ) पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि। दोस्रो:- हो त नी। :)
के भनुँ.. तिमिलाई म के भनुँ ? फुल भनुँ भने त्यसमा काँडा छ। चन्द्रमा भनुँ भने त्यसमा दाग छ। बाँदर भनुँ भने त्यसमा दिमाग छ।
Monday, May 2, 2011
मैले नपढेको किताब
अघिल्लो दिन मात्रै लेराएको किताब गाएब हुनुलाई मैले लरतरो हिसाबले लिइँन र धूँईपत्ताल खोजी सुरु गरें । टेबुलमा, घर्रामा र अन्य सम्भाव्य स्थानमा पुस्तक नभेटेपछि मनमा शंका उठ्यो ‘कतै चोरी त भएन ...!’। तर हैन.. टेबुलमा रहेको टेलीभिजन, पर्सको पैसा र अन्य केही ‘टार्गेटेट आइटम’ जहाँका त्यहि थिए । समाजमा व्यवसायीक रुपमा किताब मात्रै चोर्ने चोर कुनै पनि छन भने भिन्दै कुरा, नत्र यो चोरको काम हुँदै होईन भन्नेमा पुगें म ।
चोरीएको हैन भने कहाँ गयो त? । म पून: आफ्नै घरको ‘गुगल सर्च’ मा लागें, घरका सबै दराज, पलंङका अन्तरकुन्तर र फ्रिज अनि पुरान कसौँडी र प्रेसरकुकर समेत खोलेर हेर्दा पनि किताब नभेटेपछि यसलाई एउटा आश्चर्यको रुपमा लिनु बाहेकको हर्को बिकल्प बचेन पनि ।
किताब मंहगो थिएन, तर मलाई एकदमै मनपर्ने लेखकद्वारा लेखिएको थियो, त्यसैले सय रुपैयाको एउटा किताबका कारण मेरो तीन दिनको निन्द्रा र चार दिनको भोक हरायो ।
पाँचौ दिन बिहान उठने बित्तीकै कसैले मेरो ढोका ढकढक्याएको सुनें, ढोका खोलेर हेर्दा एकजना परिचित मित्र ढोकामा उभिएका थिए। उनले भित्र छिर्दा छिर्दै भने “...सरी है! ... म शुक्रवार तिम्रोमा आएको थिएँ, तिमी रहेनछौ तर तिम्रो टेबुलमा ‘यो किताब’ देखेँ...” उसले अगाडि के के भन्यो मैले राम्ररी बुझीन... मेरो भोक निन्द्रा हरण गर्ने ‘त्यो किताब’ उस्ले टेबुलमा फ्याट्ट राख्ने बेलासम्ममा मैले करिब करिब उ मेरो साथी हो भन्ने समेत बिर्सन लागीसकेको थिएँ । कमसेकम किताब लगेपछि एकचोटी फोन गरेर ‘तिम्रो किताब मसंग छ है !’ मात्रै भनेक भएपनि त मैले पागलपन सवार भएजस्तो गरी घरका भाँडाकुँडा समेत खोतलेर खोज्नु त पर्दैन थियो नि ।
“तर साथी, यो किताब साँच्चै पठनीय र रोचक रहेछ ...” उ म तर्फ हेरेर --मेरो मनको भाव देखी अन्जान -- मुसुक्क मुस्कुरायो । “...साँच्चै तिमीलाई कस्तो लाग्यो यो किताब?, तिमीले त पढिसक्यौ होला नि ...” । उसको मुस्कानसंगै मेरो रिस सेलाईसकेको थियो र म बिचारशुन्य यन्त्रवत उसलाई हेर्दै थीएँ ।
जे होस किताब भेटिएकोमा खुशी नै लाग्यो । मेरो मित्र एकैछिनको भला कुसारी पछि किताब मलाई फिर्ता गरेर फर्क्यो । उ फर्केको केही मिनेटमा नै फेरि ढोका ढकढक्याएको आबाजसंगै मेरो अर्को साथीको प्रवेश भयो ।“ ... ओहो !, तिमीसंग ‘यो किताब’ छ...?” कोठामा प्रवेश गर्ने बित्तीकै अभिवादन वा भलाकुसारीका दुई शब्द पनि नबोली उसले किताबतर्फ इशारा गर्यो, मानौं मेरो टेबुलमा किताब हैन हजार वाटको बत्ती छ ।
“..हेरन, मैले यो किताब खोजेको तीन महिना भयो..., “ उस्को कुरा मलाई किताब माग्न बनाईएको भूमिका हो भन्ने जान्न गाह्रो भएन । तर आफैले नपढेको आफ्नो किताब अरु कसैलाई दिने मुडमा नभएकोले उसले ‘यो किताब मलाई देउन’ भन्नुभन्दा पहिलै मैले बोलीहालेँ “हेर...यो किताब मैले नै पढ्न भ्याएको छैन..” “ठिकै छ नि, तिमी पछि हेरन, पहिला म पढ्छु...” उसले अप्रत्यासित उत्तर दिँदै भन्यो “...तिमी साह्रै ढिला पढ्छौ...तिमीलाई यो किताब पढि सक्काउन २ हप्ता लाग्छ.... बरु मलाई दियौ भने म ३ दिन मै पढेर फिर्ता गरिदिन्छु ...” । उसले कुराकानी यसरी बढायो, मानौ, उ मेरो हैन, म उसको किताब माग्दै छु । तर जे भएपनि आफुले किताब नपढि अरुलाई नदिने निर्णयलाई कार्यरुप दिँदै मैले उसलाई एक हप्ता पछी आउन भनें । म मनमनै सोच्दै थिएँ, साथी हिँड्ने बित्तीकै म त्यो किताब पढ्न सुरु गर्छु ।
साथी फर्क्यो, तर किताब हातमा आएपछि किताब हराउँदा आएको जस्तो पढ्ने ज्वारभाटा र जोश पनि शान्त भैसकेको थियो। मानिसको स्वभावै यस्तै त हो नि, नपाउन्जेल तिर्सना, पाएपछि बिर्सना भने जस्तै एक हप्तासम्म किताब मेरो टेबुलमै रह्यो भने आलस्यलाई समयाभावको नाम दिएर मैले भने किताबको एक पन्ना पनि पल्टाइँन । मैले साथीलाई दिएको एक हप्ते समयमा एक पन्ना पनि नपल्टाए पनि मेरो साथी भने एकहप्ता पुगेकै दिन ठिक समयमै मकहाँ आइपुग्यो । “ कस्तो रहेछ त किताब ...? ” , “हेरेको छैन...” मेरो उत्तरलाई बीचमै काटेर उस्ले सोध्यो “के रे..., हेरेकै छैन रे..?, बरु अस्ती नै मलाई दिएको भए म नै हेर्थेँ नि..” । “हैन... मेरो मतलब हेरी सकेको छैन...” मैले झूठको सहारा लिँदै आफूलाई सच्याएँ । “मैले पहिलै भनेको हो नि तिमीले यही गतिमा पढ्न थाल्यौ भने यो किताब सक्न ३ महिना लाग्छ... खै देउ, बरु म ३ दिनमै सक्काएर फिर्ता दिन्छु “ । यसपाला मैले पनि केही नभनी किताब उसको हातमा थमाईदिएँ ।
मेरो मित्र कुरा धेरै गर्ने भए पनि समयको मामलामा एकदमै विश्वासीलो थियो । उसले चौथों दिन बिहानै किताब फिर्ता गर्यो । “..साँच्चै नै ज्यादै राम्रो किताब रहेछ है...” “अँ ... हो...” अचानक मेरो मुखबाट निस्क्यो । “हैन तिमीले त पुरै पढी सकेका छैनौ हैन र ..” मित्र फेरि आफ्नो स्वभाव अनुसार धाराप्रवाह बोल्न थाल्यो “...पहिलो खण्डमा त ... मात्रै छ। दोस्रोमा ..., तेस्रोसम्म पुग्दा .....” । मैले याद गरीन उसले कति बेर बोल्यो, तर किताबको सम्पूर्ण बखान सक्काएर मात्रै उसले सास फेर्यो।
मेरो मित्र मलाइ किताबको पुरै आख्यान सुनाएर फर्कने बित्तिकै अर्का एकजना सहकर्मी मेरो कोठामा छिरे । “तिमीसंग ‘त्यो किताब’ छ रे हैन?” सहकर्मीको प्रश्नको उत्तर नै नदिई किताब नै उसलाई थमाएँ मैले।
केही दिन पछि ति सहकर्मीले पनि किताब फर्काए र किताब फर्काउन आउँदा किताबका बारेमा चर्चा गर्दै आफ्नो धारणा पनि सुनाए। समय यसरी बित्दै जाँदा मेरा साथीहरु र साथीहरुका साथीहरु समेत सबैले सो किताब पढि सिध्याए र हरेक पाठकले पढीसकेपछी सो किताबको बारेमा आ-आफ्ना दृष्टीकोण र बिचारहरु मलाई सुनाए । यसरी मेरो पन्ध्रौं साथीले किताब हेरेर फर्ता गर्ने बेलासम्ममा मलाई किताबको बारेमा पर्याप्त जानकारी भैसकेको थियो । हरेक साथीले किताब फर्काउँदा किताबप्रति राख्ने आफ्नो धारणा र बिचारका कारण मलाई किताबको बारेमा जानकारी मात्रै भएन, सो बारेमा भिन्न भिन्न दृष्टीकोण र मत मतान्तर बारेमा समेत यथेस्ट ज्ञान भैसकेको थियो ।
दिन बित्दै जाँदा, एक पन्ना नै नपढि किताबको हरेक खण्डका बारेमा म धुरन्धर ज्ञाता मात्रै बनिन, किताब किनेको चौथो महिना पुग्दा मेरो किताबको रुप नवयौवना बाट बृध्दाको जस्तो हालतमा पुगि सकेको पनि थियो । म आफू किताबलाई माया गरेर किताबमा नाम समेत नलेख्ने मान्छे भए पनि मेरो किताबका प्राय: प्रत्येक पन्नामा मेरा कुनै न कुनै मित्रको नाम लेखिएको थीयो। किताबमा भएका कतिपए नाम त मैले कहिल्यै नचिनेका मानिसका समेत थिए। किताबका कैयौं पन्ना च्यात्तीएका टेपले टालिएका थिए भने कुनै पन्नामा कसैको फोन नम्बर त कुनैमा केही नोट अनि कतै चिया, कफिको दाग त कही कही तेलको धब्बा समेत थिए।
पहिला त साथीहरुको बखानबाटै किताब पढेभन्दा बढि जानकारी भएको त्यसमा पनि किताबको यो हालत देखेपछि मलाई झनै त्यो किताब “फेरि पढ्ने” जाँगर नै चलेन । किताब पल्टाएरै नपढे पनि मेरो कोठामा मित्रहरु आउँदा सो किताबको चर्चा चल्ने क्रम भने अझै जारी नै छ । कहीलेकाही सो किताबको बारेमा मैले गरेको बिश्लेषण र परिचर्चा सुनेर मेरा केही साथीहरु मलाई सो किताबको बारेमा समिक्षा लेख्न समेत उक्साउँछन । म मनमनै उनिहरुको कुरा सुनेर हाँस्छु (पढदै नपढेको किताबको बारेमा कसरी समीक्षा लेख्ने Open-mouthed)
अहिले पनि सो किताब मेरो कोठाको टेबुलमै छ। यदि तपाईले पनि पढ्नु भएको छैन भने तपाई पनि पढन सक्नुहुन्छ । तपाई आउँदा म भेटीईन भने तपाई पनि किताब बिना सूचना लिएर जानसक्नु हुन्छ, फिर्ता गर्ने बेलामा एक पटक सरि भन्नुस , बस ।
जीबनको गजल
आँखा लगाउ मेरो घर मा मलामिको दएखछौ ताती
नयाँ जिबन पयौ तिमीले पिल्साय मेरो छाति
मलाई पनि साथ देउ मसानघाट मा हुन्छु साथी
आँखा लगाउ मेरो घर मा मलामिको दएखछौ ताती
मुटु मेरो छीया पारी पराइलाई साथ दीदा
नहनहै खुशीयलीमा मेरो लाश माथि लाती
आँखा लगाउ मेरो घर मा मलामिको दएखछौ ताती
आरयघाटको ब्रमनलमा सेलाउने मेरो देह
न देखाउनु दुनीयमा कसैलाइने मातको राती
आँखा लगाउ मेरो घर मा मलामिको दएखछौ ताती
सुबाश दाहाल
ओखल्ढुङ्गा जिल्ला नारायणस्थान ग बि स वार्ड न ५
चनौटे बेशिटोल
पुछार घर
जीबनको गजल
आँखा लगाउ मेरो घर मा मलामिको दएखछौ ताती
नयाँ जिबन पयौ तिमीले पिल्साय मेरो छाति
मलाई पनि साथ देउ मसानघाट मा हुन्छु साथी
आँखा लगाउ मेरो घर मा मलामिको दएखछौ ताती
मुटु मेरो छीया पारी पराइलाई साथ दीदा
नहनहै खुशीयलीमा मेरो लाश माथि लाती
आँखा लगाउ मेरो घर मा मलामिको दएखछौ ताती
आरयघाटको ब्रमनलमा सेलाउने मेरो देह
न देखाउनु दुनीयमा कसैलाइने मातको राती
आँखा लगाउ मेरो घर मा मलामिको दएखछौ ताती
सुबाश दाहाल
ओखल्ढुङ्गा जिल्ला नारायणस्थान ग बि स वार्ड न ५
चनौटे बेशिटोल
पुछार घर
तिम्रै सुन्दर हरियाली मा तिम्रै सितल वक्षस्थल ..... मेरो प्यारो ओखल्ढुङ्ग
तिम्रै सितल वक्षस्थल मा
यो कबि को सैसब काल बित्यो
हाँस्यो खेल्यो बनकुन्ज घुम्यो
तिम्रै सुन्दर हरियाली मा
तिम्रै सितल वक्षस्थल मा
यो कबि को सैसब काल बित्यो
हाँस्यो खेल्यो बनकुन्ज घुम्यो
मेरो प्यारो ओखल्ढुङ्गा --4
(जब म चढेर भाव को डुंगा
सैर गर्छु स्मृति को प्रिय गंगा)--२
स्वप्न गगन बाट सु-सितल जल
सुख स्मृति को बर्षन्छ रिम्झिम
मेरो प्यारो ओखल्ढुङ्गा---२
मेरो प्यारो ओखल्ढुङ्गा-----२
(ती अबिरल परिस्रमि पत्कर
द्रुतगामी निर्झर तुल्य चपर
बन झै बन बन मा चारै तिर
खोज्दा हून मेरो पथ को पथ
मेरो प्यारो ओखल्ढुङ्गा---२
तामाकोशी त्यो सुनकोशि---२
त्यो गिरी फोरी बहने रोशी
मेरो हृदय को तिम्रो चित्र
पारी रहन्छ हर्दम् पवित्र
भाग्य लहर मा लहरी लहरि--२
पुगेँ म यस् मरुस्थल मा कसरी
तर खेद छैन तिम्रो आक्रिती
लेखियको छ यो हृदयभरि--३
मेरो प्यारो ओखल्ढुङ्गा---४
(कुसुमाकर को आन्चल् पक्रि)---२
मलाई कति खोज्दी हून प्रक्रिति
मृग शावक हरु उफ्री उफ्री
अरु लतिका हरु हल्ली हल्ली
"मेरो प्यारो ओखल्ढुङ्गा" --4
(जब म चढेर भाव को डुंगा
सैर गर्छु स्मृति को प्रिय गंगा)--२
स्वप्न गगन बाट सु-सितल जल
सुख स्मृति को बर्षन्छ रिम्झिम
मेरो प्यारो ओखल्ढुङ्गा---२
मेरो प्यारो ओखल्ढुङ्गा-----२
(ती अबिरल परिस्रमि पत्कर
द्रुतगामी निर्झर तुल्य चपर
बन झै बन बन मा चारै तिर
खोज्दा हून मेरो पथ को पथ
मेरो प्यारो ओखल्ढुङ्गा---२
तामाकोशी त्यो सुनकोशि---२
त्यो गिरी फोरी बहने रोशी
मेरो हृदय को तिम्रो चित्र
पारी रहन्छ हर्दम् पवित्र
भाग्य लहर मा लहरी लहरि--२
पुगेँ म यस् मरुस्थल मा कसरी
तर खेद छैन तिम्रो आक्रिती
लेखियको छ यो हृदयभरि--३
मेरो प्यारो ओखल्ढुङ्गा---४
(कुसुमाकर को आन्चल् पक्रि)---२
मलाई कति खोज्दी हून प्रक्रिति
मृग शावक हरु उफ्री उफ्री
अरु लतिका हरु हल्ली हल्ली
"मेरो प्यारो ओखल्ढुङ्गा"
मेरी आमा
आमा नसोचिदिनू है निषठुरी रैछ छोरा भनीतिम्रो तस्बिर सिरानीमा राखेर सुतेकै हुन्छुतिम्रो त्यो ममता यो छातिभरि सम्हालेर राखेकै छुहरेक पल मातातीर्थ औंसीमा तिम्रो पूजा गरेकै छु
पुसमाघे जाडो गुन्द्री र सुकुल सुकाई आँगनमातोरीको तेल तालुमा ठोकी बसाई काखमाआफ्नो साडीको बक्कुलो सिलाई कर्मी है चरी झैन्यानो पारी सुताउथ्यौ लुटुक्क यसोदा मैया झै
बिर्सेको छैन हल्लाउदै कोक्रो फकाउदै सुताउथ्यौपिठ्युमा बोकी हातमा टुकी सात मुलुक पुर्याउँथ्यौज्वरो मात्र आउँदा धामी र जैसी ओखती पिलाउथ्यौतताई तेल मालिस गरी मलम पट्टी लगाउथ्यौ
पटुकीले सेपी ढिकी र जातोमा सँगसँगै लैजान्थ्यौनानीलाई दूध पुग्दैन भनी ज्वानोको रस पिउँथ्यौएकछिन पनि नदेख्दा मलाई आतिदै खोज्दथ्यौहातमा थमाई सिलेट र खरी क लेख्न सिकाउथ्यौ
कु-कु हा भनि लुकामारी खेल्न तिमीले सिकाउथ्यौबेहुला र बेहुली पुतली बनाई तिमीले खेलाउथ्यौबदमास गर्दा कहिलेकाही घोचो लि खेद्दथ्यौघर वरिपरि म चाहिं भाग्थें तिमी चाहिं थाक्दथ्यौ
पाली र टाली सम्राट पार्यौ बिदेश जाने भए मजहिले पनि चिन्ता छ तिमीलाई नुन भुटुन टार्नआज पनि न्यास्रो को न्यास्रै छ तिम्रो मुहारदक्षिणकालीमा गै माग्दैछौ अरे मेरो लागि गुहार
दस महिनासम्म गर्भमा राखी यो संसार देखायौतोते बोलीदेखि हिंड्न ताते भनी सिकायौसाच्चै तिमी महान छौ धन्यबाद कोटि कोटिसक्दिन ऋण चुकाउन यो जुनीमा गरिकन जति जति
मेरी आमा
आमा नसोचिदिनू है निषठुरी रैछ छोरा भनीतिम्रो तस्बिर सिरानीमा राखेर सुतेकै हुन्छुतिम्रो त्यो ममता यो छातिभरि सम्हालेर राखेकै छुहरेक पल मातातीर्थ औंसीमा तिम्रो पूजा गरेकै छु
पुसमाघे जाडो गुन्द्री र सुकुल सुकाई आँगनमातोरीको तेल तालुमा ठोकी बसाई काखमाआफ्नो साडीको बक्कुलो सिलाई कर्मी है चरी झैन्यानो पारी सुताउथ्यौ लुटुक्क यसोदा मैया झै
बिर्सेको छैन हल्लाउदै कोक्रो फकाउदै सुताउथ्यौपिठ्युमा बोकी हातमा टुकी सात मुलुक पुर्याउँथ्यौज्वरो मात्र आउँदा धामी र जैसी ओखती पिलाउथ्यौतताई तेल मालिस गरी मलम पट्टी लगाउथ्यौ
पटुकीले सेपी ढिकी र जातोमा सँगसँगै लैजान्थ्यौनानीलाई दूध पुग्दैन भनी ज्वानोको रस पिउँथ्यौएकछिन पनि नदेख्दा मलाई आतिदै खोज्दथ्यौहातमा थमाई सिलेट र खरी क लेख्न सिकाउथ्यौ
कु-कु हा भनि लुकामारी खेल्न तिमीले सिकाउथ्यौबेहुला र बेहुली पुतली बनाई तिमीले खेलाउथ्यौबदमास गर्दा कहिलेकाही घोचो लि खेद्दथ्यौघर वरिपरि म चाहिं भाग्थें तिमी चाहिं थाक्दथ्यौ
पाली र टाली सम्राट पार्यौ बिदेश जाने भए मजहिले पनि चिन्ता छ तिमीलाई नुन भुटुन टार्नआज पनि न्यास्रो को न्यास्रै छ तिम्रो मुहारदक्षिणकालीमा गै माग्दैछौ अरे मेरो लागि गुहार
दस महिनासम्म गर्भमा राखी यो संसार देखायौतोते बोलीदेखि हिंड्न ताते भनी सिकायौसाच्चै तिमी महान छौ धन्यबाद कोटि कोटिसक्दिन ऋण चुकाउन यो जुनीमा गरिकन जति जति
सरस्वती बन्दना , अन्जान(पुर्बेली कान्छा)
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना
या ब्रह्माच्युतशङ्करप्रभृतिभि
सा माम् पातु सरस्वती भगवती निःशेष जाड्याऽपहा||
जीबनको अन्ते गजल
जिबनको यात्रा गर्दा थाकीसके शायद
असफलताको उपस्थीतीले होल
परीस्रमबाट अलगीन था लीसके
शायद अब त फ ल नपायरहोल!!!!!
अतीथका क्षण भुल्न थलीसके
सयद् स्मरण योग्य न भयरहोल
जीबनका पन बन्द गरीसके
सयद् खोल्न नमील्ने भयर होल!!!
लक्ष्य प्राप्तीको निम्ति पछि हटन थालीसके
सयद लक्ष्यनै चकनाचुर भयर होल
आफैमा घायल आभास हुनथालीसके
सयद् अबत बेदनाले ग्रशीद भयर होला!!!
निरासै निरा...
सत्य कसम त्यो ज्यान वाहेक अन्त नजर ला’को छैन
म त तिम्रो भरोसामा सयौँ जुनि काट्न सक्छु
तिम्ले बना घेरा तोडी बाहिर कतै गा’को छैन
कोहि त्याग्छु ज्यान भन्छन् कोहि सुख कटाउछु
सयाँै दिन्छु खुसी भन्छन् उमंगले छा’को छैन
तिमीसँगै बाँच्न पाए फेदिमा नै जिवन कट्छ
अनन्तको शिखर चुम्न कहीँ कतै धा’को छैन
भोक प्यास नै त्याग्छु मत तिम्रो समीप रम्न पाए
तिमी बाहेक यो दिलले अरु कोहि चा’को छैन
by anjan