Friday, September 23, 2011

सदा सुख र शान्तिले चुमोस तपाईंहरुको जिबनरुपी आँगनमा ,
धुर्बतारा झै उत्कृष्ट भै चम्कियोस तपाईंहरुको कर्म संसारिक गगनमा ,
प्रतेक सास्ती र समस्याको गर्न सक्नुहोस तपाईंहरु सामना ,
यही छ तपाईंहरुलाई मेरो बिजय दशमीको शुभकामना !

अवसर र समर्थन भेटियोस तपाईंहरु हिंड्ने बाटहरुमा ,
तपाईंहरुकै योगदान र बलिदान कोरियोस ईतिहासका पानाहरुमा ,
सबैको समर्पण र साथले पूर्ण होस तपाईंहरुको भावना ,
सबैको असिष र प्रार्थना मिलोस तपाईंहरुलाई यही दशैको शुभकामना !

कन्चन बनाउन सक्नुहोस जगतलाई छरी स्वाभिमानी सौरभ ,
तपाईंहरुको द्रिस्टान्त दिदा मिलोस यो देशलाई आत्मा गौरब ,
तपाईंहरुको सुकार्यदेखी प्रेरित भै केही गर्न उत्सुक होस यो जमाना ,
निस्वार्थ प्रेमको अखण्ड दीप जलाउन सक्नुहोस यही बिजय दशमीको शुभकामना !
प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ बेकामे नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु, यहि छ मेरो भावना, गणतान्त्रिक नेपालको पहिलो विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना ।

अैयुॐअदोर्न सुते स्रियम दसरते सत्रुस्य एमरज्बे ऐस्वोगे नौसे गतिस्त पवने मानच्य दुर्योधने सवौरम शान्ता पने बलन्छ हलध्रे सत्यम्स्य कुन्ती सुते सत्ज्ञाने बिदुरे भबन्ती भवताम कृषिस्ट नारायणे ,,।।
दुर्गा दाहिने होउन मन्ले चितायको पुगोश दुर्दा माता ले रक्षा गरुन धन मान सम्मान ले बास होवस रोग सोक गरिबि नाश होस् सत्बुद्धी सत्कर्म ले भरियोश देश बिदेश मा रहनु हुने तपाईं तथा तपाईं को सम्पूर्ण परिवार लाई बिजया दशमी 2068 शुभ कामना
।।,,

Saturday, September 10, 2011

मेरी प्रेमिकाको के कुरा

मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा
जे पनि लाउछे
जस्तो पनि लाउछे
जसरी पनि लाउछे
प्यान्ट हाफ प्यान्ट मात्र होर?
अब त कट्टु मात्र पनि लाउछे
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा।

कहिले रेसिप्सनिस्ट बन्दै
कहिले एकाउन्टेन्ट भन्दै
दुई चार दाम कमाउछे
जे दिनुस् ,समाउछे
चिसो लस्सिमा भन्दा
व्हिस्की बियरमा रमाउछे
डिस्को दोहरी धाउछे
त्यो पनि पाइएन भने
लोकल ठर्राको मातमा
सुत्नै नदेइ तपाईंलाई
रात भर नै गीत गाउछे
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा।

जहाँ बोलाए पनि
जहिले बोलाए पनि
खुत्रुक्क आउछे
ठन्न हुने गरी
प्रेमको रस खुवाउछे
मलाई मात्र हैन प्रिती
डाडाकाडा नै छाउछे
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा।

कहिले चुरोट समाउछे
कहिले भाङमा रमाउछे
मात लागे पछी
जहाँ तै डेरा जमाउछे
पर्नु होला नि फेला
दिनमा सद्दे भए पनि
रातमा ठ्याक्कै बौलाउछे
मेरी प्रेमिकाको के कुरा
छुरा छे छुरा